दिपक बस्नेत 
मंसिर २६, तामाकोशी । 
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटको संचालक समिति अध्यक्षमा सिताराम उप्रेती सर्व सहमतिमा चयन हुनुभएको छ । 
सहकारीको उपाध्यक्षमा डण्डपानी काफ्ले, सचिव बाबुराम कार्की, सहसचिव सुरेश उप्रती कोषाध्यक्षमा यज्ञ बहादुर श्रेष्ठ चयन हुनुभएको हो । सदस्यहरुमा रमेश कुमार कार्की, केशव कुमार बस्नेत, सुकदेव ठकुरी, विनोद कुमार कटुवाल रहनुभएको छ भने महिला सदस्यमा राजु श्रेष्ठ र दलित सदस्यमा अष्टबहादुर सार्की रहनु भएको संस्थाका व्यवस्थापक कुमार खत्रीले जानकारि दिनुभयो । 
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नवराज कार्कीको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति चयन गरेको छ । सदस्यमा केशव प्रसाद काफ्ले, अमृतबहादुर खड्का रहनु भएको छ । सहकारीको शेयर पुँजी २ करोड ४८ लाख ४१ हजार ४ सय रहेको छ भने कुल सम्पती ४१ करोड ८७ लाख ७७ हजार ३ सय ५६ रुपयाँ ५३ पैसा रहेको छ ।  
                                    
                                    
                                    
 4 वर्ष पहिले 
                                                  
                                                971 Post Views
                                            
                                            
                                        