दिपक बस्नेत 
असार ९, तामाकोशी ।
रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका गागल भदौरे चिराङखु निवासी वीर सिंह तमाङ विगत १० महिना देखि परिवारबाट सम्पर्क विहिन हुनुभएको छ । 
१८ महिना अगाडि काम गर्नका लागि घरबाट काठमाडौ र धादिङ जान्छु भनि हिड्नु भएका तमाङ गत भदौ १४ गते सम्म परिवारको सम्पर्कमा रहनु भएको थियो । 
गत भदौ १४ गते देखि हालसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारका सदस्य चिन्तामा परेका छन् । तामाङका श्रीमती सम्झना तमाङका अनुसार गत भदौ १४ गते सम्म फोन मार्फत सम्पर्क भएपनि त्यस पछिका दिनमा फोन सम्पर्क नभएको बताउँनु हुन्छ । 
४२ बर्षिया तमाङको परिवार अहिले उहाँको खोजिमा लागेको परिवारका सदस्य सुनलाल तमाङले जानकारि दिनु भयो । हाल १० महिना अगाडी सम्म फोन सम्पर्कमा रहेका तमाङलाई सम्पर्क विहिन भएपछि परिवारले देख्नु वा भेट्नु हुने महानुभावले मोवाइल नम्बर ९८६९००५०६६ मा सम्र्पक गरिदिनुहुन पनि अनुरोध गर्नुभएको छ । 
मानव हितमा 
                                    
                                    
                                    
 3 वर्ष पहिले 
                                                  
                                                5120 Post Views
                                            
                                            
                                        