दिपक बस्नेत  
असोज १ , तामाकोशी । 
महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं बार्षिक साधारण सभा तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेको पिपल डाँडामा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ । 
तामाकोशी गाउँपालिकाका उपाध्यक्ष सृजना खड्का सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्वर ५ सहरेका वडा अध्यक्ष शभ्भु प्रसाद फुयाँल, वडा सदस्य मिन बहादुर खड्का, शंखेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र प्रसाद चौलागाँइ, भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष झनक खड्का  लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो । 
महिला साक्षरता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमित्र फुयाँलको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका विभिन्न प्रतिवेदन पस्तुत गरिएको संस्थाका व्यवस्थापक सुर्य प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।  
                                    
                                    
                                    
 3 वर्ष पहिले 
                                                  
                                                834 Post Views
                                            
                                            
                                        