माघ २२, तामाकोशी 
प्रेस चौतारी नेपाल दोलखा शाखाले २५ औ स्थापना दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
“संवृद्धीका लागि सञ्चारकर्म, प्रेस चौतारीको मुलमर्म” भन्ने मुल नाराका साथ प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा दोलखाले सदरमुकाम चरिकोटमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रष्ठले समाजमा भईरहेका विभिन्न विकृती र विसंगतीहरुलाई अन्त्य गरी लुकेर बसेका कुराहरुलाई संचार माध्यममा ल्याउनका लागि आग्रह गर्नुभयो । समाज परिर्वतनका संवृद्ध राष्ट्र निर्माणका लागि संचार माध्यमको अत्यन्न महत्व रहेको उल्लेख गर्नुहुँदै सकारात्मक वा नकरात्मक दुवै पक्षलाई संचार माध्यमले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
प्रेस काउन्सीलका सदस्य चिरञ्जीवि मास्केले जिल्लामा संचालित संचार माध्यमहरु संकटमा पर्नलागेको उल्लेख गर्नुहुँदै संचार माध्यमको दिगोपनाको लागि सवै क्षत्रले सहकार्य गर्नुपर्ने बताउनु भयो । सामाजिक संजालको विकास संगै संचार माध्यमहरुको अवस्था कम्जोर हुँदै गएको र संचार माध्यमहरुको सहकार्य तथा आगामी चुनौतीको विषयमा बहस सुरु गर्नुपर्ने अवस्था आएको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडाले बताउनुभयो । 
प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सील नेपालका सदस्य चिरञ्जिवि मास्के, पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा, पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाई, सचिव दिल बहादुर केसी लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेकपा एमालेका नेता धमेन्द्र मोक्तान, पत्रकार महासंघ प्रदेश समिती सदस्य श्याम खतिवडा, महासंघका पुर्व अध्यक्ष जिवन लामा, रेडियो संजाल दोलखाका अध्यक्ष दिपक वस्नेत लगाएत विभिन्न संचार माध्यममा आवद्ध संचार कर्मीहरुको उपस्थीति रहेको थियो ।
                                    
                                    
                                    
 3 वर्ष पहिले 
                                                  
                                                620 Post Views
                                            
                                            
                                        