दिपक बस्नेत 
चैत्र ३०, तामाकोशी । 
दोलखाको तामाकोशी गाउँपालिका स्थीत दोउराली गडीमाई मन्दिर र तामाकोशी गाउँपालिकाको पर्यटकीय स्थाना र्घोरनागीमा नयाँ बर्ष २०८० को अवसरमा विभिन्न कार्यक्रम सहित नयाँवर्ष मनाइने भएको छ । 
देउराली गडीमाई र्घोरनागी संरक्षण समितिको आयोजनामा भव्य रुपमा कार्यक्रम गर्न लागिएको संरक्षरण समिति सदस्य गणेस रिजालले बताउँनु भयो । 
तामाकोशी गाउँपालिकाले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पुर्व पालिका अध्यक्ष इश्वर चन्द्र पोखरेलले विभिन्न विकासका योजनाहरु अगाडि सार्नु भएको थियो । हालपनि सो क्षेत्रमा निमार्णका कामहरु भैरहेको स्थानिय कुवेर प्रसाद पोखरेलले जानकारी दिनु भयो । । २०८० सालको सुरुवात बैशाख १ गते नयाँ वर्षमा भव्य मेला लाग्ने भएको छ । त्यसको लागि सबै तयारी पूरा भएको पोखरेलको भनाई छ ।  दोलखाको पर्यटकीय एवम् धार्मिक गन्तव्य मध्येको एक रमणीय गन्तव्य हो । यो क्षेत्र निकै रमणीय र मानिसहरुलाई भ्रमणमा जाँदा स्वर्गीय आनन्द दिलाउने स्थानको रुपमा रहेको छ ।
                                    
                                    
                                    
 3 वर्ष पहिले 
                                                  
                                                1506 Post Views
                                            
                                            
                                        