दिपक बस्नेत 
जेठ १९, तामाकोशी 
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुको वडा कार्यलयमा गएराती चोरी तथा समान टोडफोड भएको छ । 
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु डाँडागाउँमा रहेको वडा कार्यलय र वडा नम्वर ३ जफेको एक घरमा गएराती चोरी भएको हो । हिजो कार्यलय समय सकिएपछि सवै बन्द गरेर हिडेका थियौं तर विहान आउँदा भाताभुङग भएको रहेछ वडा सचिव ईश्वर श्रेष्ठले बताउँनु भयो । 
कार्यलयमा लगाइएको ताला फोडेर वडा सचिव ईश्वर श्रेष्ठको कार्यकक्ष, वडा अध्यक्ष नारायण खड्का (सुरज) को कार्यकक्षमा भएका दराज लगाएत टेवलमा क्षति पु¥याएको छ । कार्यलयमा भएका कम्पुटर र अन्य सामान सुरक्षित रहेका छन्  । 
यस्तै गए राती नै तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफे स्थीत देवी महतको घरमा पनि चोरी भएको छ । महतको घरबाट डेढ तोला सुन, दश हजार नगद र घडी चोरी भएको घर धनी देवी महतले जानकारी दिनु भयो । 
                                    
                                    
                                    
 2 वर्ष पहिले 
                                                  
                                                1749 Post Views
                                            
                                            
                                        