दिपक बस्नेत
दोलखाको तामाकोशी गाउँपालिका अखिल नेपाल महिला संघ तामाकोशी गाउँपालिका कमिटीको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले २१ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ ।
अधिवेशनले मिना सिवाकोटीको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन गरेको हो । यस्तै उपाध्यक्ष इन्द्र कमारी खड्का, सचिव सावित्री पोखरेल, उपसचिव ममता फुयाल चौलागाईं, कोषध्यक्ष लक्ष्मी माझी, रहनु भएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि अखिल नेपाल महिला संघ स्थायी कमिटी सदस्य शारदा राणा, विषेश अतिथि अनेमसंघ केन्द्रिय सदस्य उर्मिला थामी, अनेमसंघ केन्द्रिय प्रचार विभाग प्रमुख कालिका पाठक, प्रदेश कमिटी उपसचिव उर्मिला खड्का के.सी., पूर्व जिल्ला कमिटी अध्यक्ष कमला बस्नेत, जिल्ला अध्यक्ष मेनुका सुवेदी, नेकपा एमाले तामाकोशी गाउँपालिका कमिटी कार्यवाहक अध्यक्ष होम बहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

2 वर्ष पहिले
  
1691 Post Views
