तामाकोशी ।
नेकपा एमाले तामाकोशी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन पालिकाको वडा नम्बर ४ मालुडाँडागाउँमा सम्पन्न भएको छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य भनुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले होम बहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरि सम्पन्न गरेको हो । अन्य पदाधिकारीमा उपाध्यक्ष झनक के.सी., सचिव रुद्र प्रसाद चौलागाई, उपसचिव दण्डपाणि काफ्ले र महिला उपसचिवमा अम्बिका पोखरेल रहनु भएको छ ।
नेकपा एमाले तामाकोशी गाउँपालिका कमिटिले आयोजना गरेको दोस्रो अधिवेशनमा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पुर्व सूचना तथा संचार मन्त्री पार्वत गुरुङ, केन्द्रिय सदस्य सरश्वती बस्नेत, जिल्ला कमिटि अध्यक्ष दोलखाका नर बहादुर श्रेष्ठ, एमाले नेता बालकृष्ण शिवाकोटी, इश्वर चन्द्र पोखरेल, नेकपा एमाले तामाकोशी गाउँपालिका इन्र्चाज धिरज सुवेदी लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
2 वर्ष पहिले
  
1570 Post Views
6 महीना पहिले
