दिपक बस्नेत
जेठ १२, तामाकोशी । 
तामाकोशी गाउँपालिकामा आज १३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । 
पालिका भित्र आज थपिएका संक्रमित वडा नम्वर ३ जफेमा ९ जना, वडा नम्वर ४ मालूमा ३ जना, वडा नम्वर ५ सहरेमा १ जना रहेको जनाइएको छ । 
पालिका भित्र सक्रिय संक्रमितको संख्या १८३ रहेका छन् । जस्मा ९३ पुरुष र ९० महिला रहेका छन् । भाइरस संक्रमण पुष्टि भएका मध्ये १७५ जना होम आइसोलेसनमा रहनुभएको जनाइएको छ । पालिका भित्रको अस्थायी कोभिड अस्पताल मालूमा ३ जनाले उपचार गराइरहनु भएको छ भने १ जना आज निको भएर घर फर्कनु भएको मेडिकल अफिसर  डाक्टर रोबिस कार्कीले जानकारी दिनुभयो ।
अन्य स्वास्थ्य संस्थामा ३ जनाले उपचार गराइरहेको र आज थप ५ जना निको भएर घर फर्कनु भएको पालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिनु भयो । 
तामाकोशी गाउँपालिकाले आज सम्म ४७९ जनाको पिसिआर तथा एन्टिजेन परिक्षण गरेको छ । पालिका भित्र संक्रमण भई निको हुनेको संख्या ५७ पुगेको छ भने ९२ रिर्पोट आउन बाँकी रहेको छ । 
                                    
                                    
                                    
 5 वर्ष पहिले 
                                                  
                                                1248 Post Views
                                            
                                            
                                        