दिपक बस्नेत 
जेठ १६, तामाकोशी । 
गोल्मेश्वर लोकतान्त्रिक युवा क्लव तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूले वडा नम्बर ४ मालूका संक्रमित बिरामीका लागि राहत स्वरुप पोष्टिक तत्वका सामाग्री वितरण गरेको छ । 
विगत लामो समयदेखी मालूमा रहेर सामाजिक काम गरिरहेको क्लवले बिरामीको लागि केही सहयोग पुगोस् भन्ने उद्देश्यले वितरण गरेको क्लवका कोषाध्यक्ष सन्तोस पोखरेलले जानकारी दिनुभयो । 
वितरण गरिएको सामग्रीमा अण्डा, गेडागुडी, साबुन, हर्लिक्स आदि रहेका छन् ।   
                                    
                                    
                                    
 4 वर्ष पहिले 
                                                  
                                                1325 Post Views
                                            
                                            
                                        