दिपक बस्नेत भदौ १७, तामाकोशी । 
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूको नेपाली कांग्रेस वडा सभापतिमा सन्तोष पोखरेल सर्वसहमतिले चयन हुनुभएको छ । 
गाउँपालिकाको वडा नम्बर ४ मालू डाँडा गाउँमा भएको एक कार्यक्रमका विच पोखरेल नेपाली कांगे्रस वडा सभापतिमा चयन हुनु भएको हो । सभापतिमा सर्वसहमतिले चयन भएपछि पोखरेलले मालूको समग्र हितका लागि जिम्मेवार भई जनताको हितमा कर्तव्य बोध गर्दै सम्पुर्ण समय मालूको विकास र हक अधिकार स्थापित गर्न खर्चने प्रतिक्रिया दिनु भयो । 
कार्यक्रमले उपसभापतिमा यज्ञ बहादुर बस्नेत र मनोज खड्कालाई चयन गरेको छ भने पुरुषोत्तम पोखरेल सचिवमा चयन हुनु पएको छ । दलित प्रतिनिधि सुमन बयलकोटी हुनुहुन्छ भने जनजातिमा भुवन श्रेष्ठ हुनुहुन्छ । अन्य पदाधिकारी घोषण हुन बाँकी रहेको बताइएको छ । 
                                    
                                    
                                    
 4 वर्ष पहिले 
                                                  
                                                1180 Post Views
                                            
                                            
                                        