दिपक बस्नेत 
मंसिर २०, तामाकोशी । 
तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेमा लैङ्गिक हिंसा सम्बन्धी लोक गीत प्रतियोगिता भएको छ । 
''घरदेखि शुरु गरौं, महिला विरुद्धको हिंसा अन्त्य गरौं" भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान संचाल भइरहेको सन्र्दभमा तामाकोशी गाउँपालिका वडा नम्बर ५ आयोजनामा लोक गित प्रतियोगित संचालन भएको हो । 
तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेमा भएको कार्यक्रममा वडा भित्रका ६ वटा समुहको सहभागिता रहेको थियो । वडा नम्बर ५ सहरेका वडा सचिव रितु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पिपलडाँडा र कालिका आमा समुह प्रथम , राधाकृष्ण आमा  समुह द्धितिय, लगनशिल आमा समुह तृतिय र कालिका जनजाग्रिती आमा समुह शान्तोना भएका छन् । वडा नम्वर ५ सहरेका कार्यवाहक  वडा अध्यक्ष अर्गलाल चौलागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रममा वडा भित्रका राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगाएत उल्लेख्य महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा शंकेश्वर बचत तथा ऋण सहकारीका अध्यक्ष रुद्रप्रसाद चौलागाई, भविष्य निर्णमाण बचत तथा ऋण सहकारीका उपाध्यक्ष जनक खड्का लगाएतले मन्तव्य व्यक्त गर्नु भउको थियो । 
                                    
                                    
                                    
 4 वर्ष पहिले 
                                                  
                                                1005 Post Views
                                            
                                            
                                        